संसदको बैठक आज बस्दै, प्रधानमन्त्रीले दुई वटा प्रतिवेदन पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ः०० बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको संसद् बैठकमा सम्भावितकार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन–२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन–२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

यस बाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रियसभा सदस्य तथा संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र प्रतिनिधिसभा नियमावली-२०७५ को नियम २१० को उपनियम (४) बमोजिम संसद् सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचनाहरु स्वीकृतीका लागि प्रस्तुत हुने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको