चितवनको कालिकामा आगलागी: समयमै दमकल नपुग्दा घर जलेर नष्ट 

चितवन । चितवनको कालिका-८, चिसापानीमा आगलागी हुँदा  एक घर जलेर नष्ट भएको छ । जनशक्ति टोल स्थित पुष्प परियारको घर जलेर पुर्ण रूपमा नष्ट भएको स्थानिय जुनु बल तामाङले कालिका दैनिकलाई जानकारी दिनु भयो । बिजुलीको लाइन शर्ट भएर आगलागी भएको स्थानियको भनाइ छ । आज बिहान १० बजे भएको आगलागी स्थानिय, दमकल र प्रहरीको सहयोगमा डेढ घण्टा पछी नियन्त्रणमा आएको थियो । समयमै दमकल नआई पुग्नाले घर पुर्ण रूपमा क्षति हुनपुगेको भन्दै स्थानियले आक्रोश समेत व्यक्त गरेका थिए । आगलागीबाट भएको क्षतिको विवरण भने आईनसकेको चितवन प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको