आइतबार,
कार्तिक३०,
२०८२
|
Sunday, November 16, 2025
चितवनमा पहिलो पटक सरसफाईकर्मीको सम्मान स्वरुप साईकल र्याली
४ चैत्र २०७७, बुधबार १२:००
पुजा ढकाल, चितवन। विश्व पुनः चक्रण दिवसको अवसरमा क्रिएसन नेपालद्वारा सरसफाइ कर्मीहरुको सम्मान स्वरुप भोली साईकल र्याली कार्यक्रम हुने भएको छ ।
हाम्रो समाज र देशलाई सधै सफा राख्ने साफाई कर्मीहरुको साम्मान स्वरूप यो साईकल र्याली चैत ५ गते भरतपुर महानगरपालिकामा गर्न लागेको कुरा आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो।रिसाईक्लर साथी; द कोका- कोला फाउन्डेसन र बोटलर्स नेपालको सहयोगमा हुने उक्त र्याली भरतपुरको बेलचोक देखि धर्मचोक हुँदै शिवघाट पुगेर टुगिने छ। चितवनमा मात्रै झण्डै २ हजारको हाराहारीमा सफाई कर्मीहरु रहेका छन। उनीहरुको योगदान स्वरुप हुने यो र्याली चितवनकै पहिलो र्याली हो।
क्रिएसन नेपालले सन २०१० देखि प्रत्येक वर्ष साईकल यात्रा गर्दै आएको छ। यस संस्थाले विभिन्न युवाहरु संग मिलेर विभिन्न ठाँउमा पुनः प्रशोधनको कामहरु गर्दै आईरहेको छ। सो र्यालीमा विभिन्न सरकारी निकाय, संघ संस्था, युथ क्लब जस्तै: चितवन कवाड व्यवसाय संघ, बेटर चितवन, एक सपना साईकल र सफा नेपालको, वे ग्रुप, नेपाल विकास समाज, क्लब अफ इन्भेस्टमेन्ट साइन्स सप्तगण्डकी, हाम्रो दृष्टि राम्रो दृष्टि, रियल मड्रीड फ्यान क्लब नेपाल, एक्स गोरखा सर्बिसेस र भोलेन्टरहरुको सहयोगमा आयोजना हुने भएको हो।