
चितवन । माडीको बसन्तपुरमा सञ्चालित माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता २०७७ को उपाधी माडीकै दियो युवा क्लबले जितेको छ ।
आज भएको प्रतियोगिताको फाइनल खेलमा दियोले बैरिया क्रिकेट क्लब टाँडीलाई ३२ रनले पराजित गरेको हो । टस जितेर व्याटिङ रोजेको दियोले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतीमा २३६ रन जोडेको थियो । जवाफी व्याटिङमा उत्रिएको बैरिया क्रिकेट क्लब २० ओभरमा २०४ रनमै अल आउट भएको हो ।
फाइन खेलमा ४८ बलमा ९७ रन जोडी १ विकेट लिनुभएका दियो क्लब माडीका दिनेश अधिकारी म्यान अफ द म्याच घोषित हुनुभयो।
उपाधी जितेसंगै दियोले शिल्ड, मेडल र प्रमाण पत्र सहित नगद रु १ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामै सीमित हुनु परेको बैरियाले शिल्ड, मेडल र प्रमाण पत्र सहित नगद रु ५० हजार प्राप्त गरेको छ ।