थलारा गाउँपालिकाले प्रत्येक वडामा एक दलित बस्तीलाई नमूना बस्ती बनाइने

बझाङ।थलारा गाउँपालिकामा ‘सबैको साथ सबैको सम्मान, विभेदरहित समाज निर्माणका लागि हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय दलित नेटवर्क (आरडिएन)  नेपालले अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग र आरडिएनको आयोजनामा उक्त कार्यक्रम आइतबारदेखि शुरु गरिएको संस्थाका सहजकर्ता शेरबहादुर ओखेडाले बताउनु भएको छ ।

दलितका समस्या पहिचान गर्ने, नमूना बस्ती निर्माण गर्ने र पूर्ण सरसफाइका लागि थलारा गाउँपालिकाभरिका नौवटै वडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो । सो कार्यक्रमबाट गाउँपालिकाभित्रका प्रत्येक वडामा एक दलित बस्तीलाई नमूना बस्ती बनाउने लक्ष्य रहेको आरडिएनका केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारले जानकारी दिनुभयो ।

अन्तरक्रियामा लम्बा र झपालीलाई नमूना बस्ती निर्माण गर्ने निर्णय भएको जनाइएको छ । चैत १५ गतेभित्र गाउँपालिकाभरिका नौवटै वडामा नमूना बस्ती निर्माण तथा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न अन्तरक्रिया कार्यक्रम गर्ने आरडिएनका सहजकर्ता ओखेडाले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको