आइतबार,
कार्तिक०९,
२०८३
|
Sunday, October 25, 2026
डा.महेन्द्र कुमार अग्रहरीद्वारा आफ्नो जन्मदिनमा अस्पताल मै बिरामी हरुको निशुल्क स्वास्थ परिक्षण
१ चैत्र २०७७, आईतवार १८:४८
चितवन । डा.महेन्द्र कुमार अग्रहरीले आफ्नो जन्मदिनको अबसरमा आज अस्पताल मै ६० बर्ष भन्दा माथिका बिरामीको निशुल्क स्वास्थ परिक्षण गर्नु भएको छ । भरतपुर सामुदायिक हस्पिटलका वरिष्ठ पेट, छाती, मुटु, मधुमेह, थाईराइड तथा उच्च रक्तचाप रोग विशेषज्ञ डा. अग्रहरीले आज परेको आफ्नो जन्मदिनमा अस्पतालमा स्वास्थ परिक्षण गर्न आएका बिमारी हरुलाई निशुल्क स्वास्थ परिक्षण गराउनु भएको हो ।
उहाँले अस्पतालको ओपीडीमा स्वास्थ परिक्षणका लागि आएका बिरामीको निशुल्क परिक्षण गराउननु भएको थियो । नेपाल चिकित्सक संघ चितवनका सह- सचिव समेत रहनु भएका डा. अग्रहरीले चितवन र नवलपरासीको विभिन्न बिपन्न बस्तीमा स्वास्थ्य शिबिर मार्फत पनि बिरामीको निशुल्क उपचार गराउदै आउनु भएको छ ।