
रबिकिरण रेग्मी, चितवन । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले आज सम्पर्क कार्यालय स्थापना गरेको छ ।
भरतपुर -१० मदन नगरमा रहेको नेकपा एमाले कै पार्टी कार्यलयमा सम्पर्क कार्यालय स्थापन गरेको हो ।
संगठनको कामकारबाहीलाई अझ चुस्त, दुरुस्त बनाउन कार्यलय स्थापना गरिएको अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष हरि आचार्यले बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यक्रता, अनेरास्ववियुका केन्द्रीय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, विभिन्न क्याम्पसका अध्यक्ष तथा क्याम्पस कमिटी सदस्यहरुको उपस्तिथि रहेको थियो ।