पर्यटकिय नगरी सौराहामा अदालतको फैसलाको स्वागत गर्दै एमालेको दीप प्रज्वलन

चितवन । सर्वोच्च अदालतको पछिल्लो फैसलालाई स्वागत गर्दै नेकपा एमालेले चितवनको सौराहामा दीप प्रज्वलन गरेको छ । अदातलले ऋषि कट्टेलको पार्टी नेपाल कम्युनिष्ट पार्टीको पक्षमा फैसला गर्दै नेकपा एमाले र माओवादी ब्यूताउने ऐतिहासिक फैसला गरेको भन्दै एमालले सौराहाको टावर चोकमा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा पार्टीको केन्द्रीय तथा जिल्ला नेताहरुले अदालतको फैसलाले जनताको प्रिय पार्टी नेकपा एमाले र सुर्य चिन्हले पुर्नजीवन पाएको भन्दै खुसी व्यक्त गरेका थिए । पार्टीका केन्द्रीय सदस्य कपिल पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला कमिटी सदस्य प्रेमनाथ दुवाडी,जिल्ला कमिटी सदस्य तथा नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल,जिल्ला कमिटी सदस्य विन्दा कार्की, युवासंघका केन्दीय सचिव प्रताप डल्लाकोटी,अनेमसंघको केन्द्रीय सचिवालय सदस्य लक्ष्मी पोखरेल,युवासंघका जिल्ला सदस्य कुशलराज सुवेदी, इन्द्र भण्डारी,एस के चौधरी लगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

वडा कमिटी अध्यक्ष सिंहबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रम अखिल नेपाल किसान महासंघ नगर अध्यक्ष रामचन्द्र सापकोटाले सञ्चालन गरेका थिए । नेता तथा कार्यकर्ताहरु मै पनि एमाले सै पनि एमाले बोलको गीतमा नाचेर उत्सब मनाएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको