गोपाल किराँतीको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको नेकपा एमालेको नाम फेर्नुपर्ने- निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले गोपाल किराँतीको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको नेकपा एमालेलाई नाम फेर्न प्रस्ताव गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले सर्वोच्चको फागुन २३ गतेको फैसलाअनुसार केपी शर्मा ओलीको अध्यक्षतामा रहेको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा रहेको नेकपा माओवादी केन्द्र ब्यूँत्याएपछि उनीहरुले नाम फेर्नु पर्ने भएको हो ।

एमाले र माओवादी केन्द्र २०७५ जेठ २३ गते अघिकै अवस्थामा कायम भएका कारण त्यस मिति भन्दा पछि दर्ता भएका ति पार्टीहरुले नाम फेर्नु पर्ने भएको हो ।

सर्वोच्चले नेकपा सम्बन्धी नाममा परेको रिटबारे सुनुवाइ गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा नै फकाइदिएको थियो ।

दुवै दललाई १५ दिनभित्र सुधारसहितको विवरण आयोग समक्ष पेस गर्न जानकारी गराउने भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको