
चितवन । चितवनमा केन्द्रीय कार्यालय रहेको सेभ द माइण्ड नेपालले सघर्षसिल २५ जना महिलाहरुलाई सम्मान गरेको छ । अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सेभ द माइण्डले २५ जना सङ्घर्षशिल महिलाहरुलाई सम्मान गरेकाे हाे।
विभिन्न कठिनाइका वीच पनि उद्यमी बन्नुभएका, महिला भएर नि पुरुष सरह काम गरेर हामी पनि सक्षम छाै है भनेर समाजमा उदाहरण बनिरहेका डाेजर चालक, व्यपारी, पत्रकार र उद्धमी २५ जना महिलालाई कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले सम्मान पत्र प्रदान गर्नुभएको थियो । यसले कार्यक्षत्रमा काम गर्न थप हौसला मिल्ने सम्मानित भएका व्यक्तिहरुकाे भनाइ छ। आफूलाई सम्मान गरेर थप प्रेरणा दिएको भन्दै संस्थालाई सम्मानित व्यक्तिहरुले आभार व्यक्त गरेका थिए ।
संस्थाले आज २१औं शताब्दीमा महिलाहरुको अवसर र चुनौती बिषयक अन्तरक्रिया एवम् संघर्षशील महिला दिदिबहिनीहरुको सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगर उप प्रमुख पार्वती शाहाले वर्षको एक दिन नभई ३६५ दिननै महिलाहरु यसैगरी जागरुक बनेर हक अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
संस्थाकी अध्यक्ष प्रमिला भुषाल पुजाले अव गाउँ गाउँमा गएर महिला वालवालिकाहरुको अवस्था बुझ्ने र सभ्य शान्त समाज निर्माणका लागि जनचेतनाका कार्यक्रम लिएर अघि बढ्ने बताउनुभयो । साथै आफ्नो संघर्षबाट प्राप्त उपलब्धीमा संस्थाले सम्मान गर्दा सम्वन्धीत व्यक्तिमा थप प्रेरणा लगाउने भएकाले चटपट व्यवसाय गर्ने देखि चिकित्सक पेशामा चर्चित महिलाहरुलाई सम्मान गरिएको थियो ।
संस्थाकी उपाध्यक्ष शान्ता न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा सामाजिक अभियन्ता देवी आचार्य, संस्थाका कानुनी सल्लाहकार राजकुमार श्रेष्ठ,डा शारदा कुँवर,ममता न्यौपाने, कल्याणी मिश्र लगायतले कार्यक्रममा बोल्दै महिलाहरु स्वयम आत्मविश्वासी भएर आवाज उठाउन आह्वान गर्नुभयो । जसले बोल्न सक्छ उसैले प्रगति गर्न सक्ने भन्दै आफू अन्यायमा पर्दाको न्याय आफ्नो आवाज भएकाले जागरुक बन्न आह्वान गर्नुभयो ।