अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा सेवा अहिले नेपालद्वारा पुर्बी चितवनमा सचेतना मुलक कार्यक्रम 

चितवन । अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा सेवा अहिले नेपालद्वारा पुर्बी चितवनको गर्दासमा सचेतना मुलक कार्यक्रम गरिएको छ ।

इच्छा कामना-७ को गर्दास, भालुमारे, स्याङ्दी लगायतको क्षेत्रमा सेवा अहिले नेपाल काठमाडौंद्वारा संचालित ६ महिने निशुल्क सिलाई कटाई तालिममा सहभागीहरु र स्थानियको सहभागितामा सचेतना मुलक र्याली गरिएको थियो ।

सो कार्यक्रममा महिला हिंसा बन्द गरौ, बाल बिबाह बन्द गरौ, महिला अधिकार सुनिश्चित गरौ, चेलीबेटी बेचबिखन बन्द गरौ लगायतको नारा लगाएको सस्थाका चितवन को- अडिनेटेर ईश्वरकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको