

चितवन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मानव अधिकार संरक्षण मञ्च चितवनले महिला अधिकार विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै मानव अधिकार संरक्षण मञ्चका केन्द्रीय सचिव एवं कार्यक्रमका प्रमुख अतिथि कपिल ज्ञवालीले हिंसाका स्वरुपहरु फेरिएको बताउनु भयो । दिनदिनै जानी नजानिकन हिंसा बढीरहेको भन्दै त्यसको न्यूनिकरणका लागि सबै धर्म, सम्प्रदाय लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेफ्स्कून केन्द्रीय उपाध्यक्ष एवं कार्यक्रमकी विशिष्ट अतिथि शान्ति अधिकारीले महिला हिंसा कम गर्नका लागि महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने बताउनु भयो । उहाँले अहिलेको परिवर्तनलाई आत्मसाथ गर्दै प्रविधिहरुसंग जोडीदै महिलाहरुले आफूलाई बलियो बनाएर अगाडी बढ्नुपर्ने बताउनु भयो । राजनीतिमा महिलाहरु अगाडी आएर निर्णायक तहमा पुगे धेरै हिंसा कम हुने उहाँको भनाई थियो । कार्यक्रममा मेट्रो प्याब्सनका अध्यक्ष लेखनाथ खनालले शिक्षा बिना समुन्नत समाजको निर्माण गर्न नसकिने बताउनु भयो ।
सकारात्मक परिवर्तनका लागि सानै भएपनि प्रयास आफैबाट गर्न आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रमकी सभापति एवं मानव अधिकार संरक्षण मञ्च चितवनकी अध्यक्ष कल्पना उप्रेतीले संविधानमा समेटीएका महिला हक अधिकारका विषयमा बोल्नु भएको थियो । महिलाहरुलाई संविधानमा सम्पतीको अधिकार, वंशको अधिकार, समान सहभागिता लगाएतका विषयमा कसरी सुरक्षीत गरिएको छ भनेर सो अवसरमा जानकारी दिनुभयो । उहाँले विध्यमान कानुनमा तेजाव प्रकरण लगाएतका विषयमा बोल्नु भएको थियो ।
कार्यक्रममा मानव अधिकार सञ्जाल चितवनका अध्यक्ष राजेन्द्र पौडेल, काहुराष्ट्र नेपालका केन्द्रीय सचिव विनोद खण्ड तिमिल्सीना लगाएतले महिला हक र अधिकारका विषयमा वोल्नु भएको थियो ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer