
चितवन । पुर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर- ६, गुराउचौरमा कन्चन तिमल्सिनाको मृत्यु भएपछि सो स्थान तनावग्रस्त भएको छ । स्थानिय हरुले दोषी युवती र उनको परिवारलाई कारवाहीको माग गरेका छन । स्थानिय हरुले वडा अध्यक्ष बिनोद रेग्मीको घर र प्रहरी चौकी, खोलेसिमल घेराउ गर्दै यो समाचार तयार पार्दा सम्म नारा जुलुस समेत गरिरहेका छन ।
वडा अध्यक्ष रेग्मीले उल्टै पीडित परिवारलाई प्रहरी लगाई कुटपिट गर्न लगाएको र पीडितको पक्षमा नबोली केटी पक्षको बचाउमा लागेको आरोप लगाएका छन । प्रेम सम्बन्धमा रहेका युवक र युवतीलाई युबतीका परिवारले अलग गराएपछि युवकले ६३ दिन अगाडि बिष सेवन गरेका थिए । बिष सेवन गरेका उनको हिजो अस्पतालमा मृत्यु भएपछि उनको आफन्तले हिजो आइतबार युवतीको घर घेरेका थिए ।
युवतीको घरमा आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रमणकारीले परालको टौवामा आगो लगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । हिजो मृत्यु भएका तिमल्सिनाको लास भने आज पनि उठन सकेको छैन ।
उनको लास हिजो देखिनै घरको आँगनमै राखिएको छ । प्रहरीले ती युवतीको घर, वडा अध्यक्ष रेग्मीको घर र प्रहरी चौकी खोलेसिमलमा सयौं ससस्त्र र जनपथ प्रहरी तैनाथ गरि कडा सुरक्षा दिईरहेको छ । मृतक तिमल्सिना परिवारले न्याय पाउनु पर्ने भन्दै सयौं स्थानियहरु सडकमा आएका हुन ।