
चितवन । पोखरा बसपार्क नारायणगढमा रहेको श्री आदिकवि भानु मा. वि कोअनिश्चितकालिन ताला बन्दी ६ दिन खुलेको छ। भानु मा. वि विद्यालय प्रशासनले मनोमानी रुपले विद्यार्थि र अभिभावकको ढाड सेक्ने गरी लकडाउनको अवधीमा लिएको शुल्क प्रधानाध्यापकले भ्रष्टाचार गरेको कुरा छान बिन गर्न माग गर्दै प्रधानाध्यापक र लेखा कक्षामा १० बुदे माग सहित तालाबन्दी गरेका थिए । अनेरास्ववियुले उठाएको माग अन्तर्गत लकडाउन अवधीको शुल्क मिनाहा गर्नुपर्ने पनि रहेको थियो । छैटौं दिनको दिनमा अनेरास्ववियुका नेता सहित विद्यालयका विध्यार्थी व्यवस्थापन समिति विद्यालय प्रशासनको दोस्रो चरणको वार्ता मा विध्यार्थीले उठाएका सबै माग १० दिनको दिनमा पूरा गर्ने लिखित सम्झौता सहित ताला खुलेको अनेरास्ववियु जिल्ला नेता विकास ढकालले बताउनु भयो ।
अनेरास्ववियु कमिटीले प्रशासन यस्ता मागहरु उठाएका थिए :-
१)अभिभावक सग जबर्जस्ती अनलाइन क्लासको नाममा असुलेको शुल्क फिर्ता गर्ने,
२) विद्यालयको पुस्तकालयमा प्रयाप्त मात्रामा पुस्तक व्यवस्थापन गर्नु पर्ने,
३)विद्यालयको शौचालय , खानेपानी व्यवस्थापन साथै रेडक्रस सामग्री उपलब्ध गराउनुपर्ने,
४)विद्यालयले लकडाउनको समयको पनि शुल्क उठाउन खोजेकोमा उक्त कदम तुरुन्त रोक्नु पर्ने,
५)यातायातको शुल्क सहुलियत गर्नु पर्ने,
६) क्यान्टिनको उचित व्यवस्थापन हुनुपर्ने,
७) विद्यालयको सामाजिक लेखा परिक्षण हुनुपर्ने,
८)विधार्थी सग उठाइएको प्रती विधार्थी बराबर २० हजार धरौटी रकम धरौटी खातामा नभएकाले सो बारे छानबिन हुनु पर्ने,
९)विधार्थीलाई दिनु पर्ने छात्रवृत्ति लुकाइएकोले यसको जवाफ दिनुपर्ने र छात्रवृत्ति पुनः सुचारु हुनुपर्ने,
१०)विद्यालयको भौतिक सरचना निर्माण गर्दा अनियमित ढङ्गले समितिको निर्णय बेगर टेण्डर कोटेशन बिना कार्य गरि लाखौं लाख भष्ट्रचार भएकोले यसको छानबिन हुनुपर्ने,