पुर्बी चितवनको गुराउचौरका कन्चन तिमल्सिनाको मृत्यु पछि सो क्षेत्र तनावग्रस्त, दुई राउन्ड हवाईफायर

चितवन । पुर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर- ६,  गुराउचौरमा कन्चन तिमल्सिनाको मृत्यु भएपछि उक्त स्थान तनावग्रस्त भएको छ । 

प्रेम सम्बन्धमा रहेका युवक र युवतीलाई युबतीका परिवारले अलग गराएपछि युवकले ६३ दिन अगाडि  बिष सेवन गरेका थिए । बिष सेवन गरेका उनको मृत्यु भएपछि उनको आफन्तले युवतीको घर घेरेका छन् ।

युवतीको घरमा आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । आक्रमणकारीले परालको टौवामा आगो लगाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको