
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले आइतबार नेकपाका नेता ऋषिराम कट्टेलकै नामको भएको भन्दै सदर गरेको छ । आज सर्वोच्च अदालतबाट पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई पुनः मान्यता दिएको छ ।
सर्वोच्चकै निर्णयलाई हेर्दा नेकपा(एमाले) र माओवादी केन्द्र विच भएको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजले नेकपा एकता पनि भंग भएको छ । न्यायलयबाटै पार्टी एकताको भंग भए पछि प्रचण्ड र ओलीले आ–आफ्नै नेतृत्वको पार्टी संहाल्नु पर्ने भएको छ ।
न्यायलयबाटै पार्टी एकता भंग भए पछि सत्तापक्ष मानिएका नेकपाको खेल पनि समाप्त भएको छ । प्रचण्ड–माधव नेपालले पछिल्लो समय केपी शर्मा ओलीको विरोध गर्दै आफ्नो पक्षमा बहुमत जुटाउने तयारी गरेको वेला सर्वोच्च यस्तो सरप्राइज निर्णय गरेको हो । अव के गर्लान भन्ने विषय पर्ख र हेर बनेको छ ।
सांसद किनवेच देखि आफ्नो पक्षलाई बलियो बनाउने र नेकपा र सुर्य चिन्ह कस्को हुने भन्ने विवाद पनि चुलिएको थियो । सर्वोच्चले आइतबार गरेको यो निर्णय पछि नेताहरुको चलखेल पनि टुंगिएको छ । ओली पक्ष बनेका पुर्व माओवादीका नेता र प्रचण्ड पक्ष बनेका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका अन्य नेताहरु समेतले अव कडा निर्णय गर्नु पर्ने भएको छ । परानो पार्टीमै फर्कने वा नयाँ समिकरणबाटै अघि बड्ने भन्ने ?
एमाले खेमाका अर्का नेकपाका उपाध्यक्ष वामदेव गौतमको मध्यवर्ती बाटो अव झन् क्लीयर बन्ने देखिएको छ । एमाले वा माओेवादी वामदेवले कुन रोज्ला या नयाँ पार्टी खोलेर अघि बढ्ला अथवा यि नेताहरुले ऋषिराम कट्टेलकै साथ लिएर अघि बढ्ला ? from.. nepalnews