संसदको हिउँदे अधिवेशन आजदेखि, अविश्वासको प्रस्तावमा अस्पष्टता

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार (आज) सुरु हुँदैछ। गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि बैठक आइतबारबाट सुरु हुन लागेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठकका अजेन्डा तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने बोलाएका छैनन् । बैठक बस्नुअघि सो बैठक बोलाउने/नबोलाउने भन्ने निश्चित नभएको सभामुखको सचिवालयले जनाएको छ।

नेकपाभित्रको विवादको प्रभाव कार्य व्यवस्था परामर्श समितिमा पर्ने भएकाले त्यसलाई ध्यान दिएर सभामुखले केही सदस्यसँग मात्र छलफल गर्न सक्ने अवस्था पनि देखिएको स्रोतले बतायो। संसद् बैठपराह्न ४ बजे बस्दैछ। अधिवेशन सुरु भएपछि अन्त्य हुने अवधिसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने वा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे त्यसमाथिको कारबाही क अअघि बढ्नेछ। प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए संसद् अधिवेशनमा अविश्वासको प्रस्तावबाट वा अन्य विकल्पबाट प्रधानमन्त्रीबाट ओलीलाई हटाउने रणनीति अघि सार्दै नेकपा दाहाल–नेपाल समूह एक सातादेखि लागिरहेको छ। प्रधानमन्त्रीले राजीनामा नदिए आइतबार नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा दाहाल–नेपाल समूह छ।

संसद् विघटन प्रतिगामी कदम भएको जनाउँदै सडकमा नेकपाकै दाहाल–नेपाल समूह, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक समाज, सञ्चार क्षेत्र सबैले त्यसको विरोध गरेका थिए। संसद् पुनस्र्थापनाको १२ दिनसम्म पनि प्रधानमन्त्री ओलीबाट राजीनामा नआएपछि अबको बाटो कसरी तय गर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी जसपासँग दाहाल–नेपाल समूहले संयुक्त बैठक गर्न सकेन। संसद्मा प्रधामन्त्रीले विश्वासको मत लिने र अविश्वासको प्रस्ताव दर्ता हुने विषयमध्ये कुन प्रस्ताव अघि बढ्छ भन्ने विषयमा कांग्रेस र जसपाको अन्तिम निर्णयको पर्खाइमा नेकपाका दुवै समूह देखिन्छन्।

असंवैधानिक कदम चालेर संसद् विघटन गर्ने प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्ने प्रमुख माग नेकपा दाहाल–नेपाल समूहको छ। प्रधानमन्त्रीबाट राजीनामा नआए अविश्वासको प्रस्ताव ल्याएर हटाउने दाबी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। तर प्रधानमन्त्री ओलीले न त शनिबारसम्म राजीनामा नै दिए, न त दाहाल–नेपाल समूहले अविश्वासको प्रस्तावमा बहुमत नै पु¥याउन सकेको छ। उनले शनिबार संसदीय दलको बैठक बोलाएर आफूले राजीनामा नदिने स्पष्ट पार्दै संसद्मा त्यहीअनुसार प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए। त्यसबाट आइतबारबाट सुरु हुने अधिवेशन कसरी अघि बढ्छ भन्ने अन्योल बढेको छ।

प्रधानमन्त्री ओलीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता नहुने, प्रधानमन्त्रीले आफैं विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने हो भने प्रधानमन्त्रीले संसद् अधिवेशन एक दिनमै अन्त्य गर्न सक्ने दाहाल–नेपाल समूहले आशंका गरेको छ। ‘प्रधानमन्त्री ओलीले एकै दिनमा संसद् अधिवेशन अन्त्य गर्न पनि सक्छन् भनी विभिन्न पक्षबाट अध्ययन गरिएको छ, त्यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीलाई निकै सशक्त ढंगले अघि बढाइएको छ,’ दाहाल–नेपाल समूहका एक नेताले भने, ‘कांग्रेसले आफैं प्रधानमन्त्री बन्न खोजेको छ। हाम्रो समूहले दाहाललाई नै प्रधानमन्त्री बनाउन बल गरेको छ। यसै कुरामा अड्किएको हो तर अन्तिम रूपमा छलफल गरेर के गर्ने भन्ने आइतबार निर्णय गरिनेछ।’ इश्वरी सुवेदीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको