
काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन भोलि आइतबारदेखि शुरू हुने भएको छ ।
विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला शुरू हुन लागेको हो । विधेयक अधिवेशन भए पनि यो पटक सरकार निर्माणका विषयमा केन्द्रित हुने देखिएकाले विधेयक अधिवेशन भने प्रधावित हुने संकेत देखिएको छ ।
सङ्घीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १२८ विधेयक दर्ता भएका छन् । दर्तामध्ये दुवै सदनबाट पारित भई ६९ विधेयक ऐन बनिसकेका छन् । दुवै सभा र समितिमा ५५ वटा विधेयक विभिन्न चरणमा विचाराधीन छन् ।