तनहुँको व्यास नगरपालिकामा भूमिहीनको तथ्याङ्क सङ्कलन

तनहुँ। तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरिएको छ । एक महिनामा व्यास नगरपालिकाका छ हजार ८सय ७२ को तथ्याङ्क सङ्कलन गरिएको हो ।

नगरपालिकाका १४ वटै वडाका ७सय३० भूमिहीन दलित, ४सय९७ भूमिहीन सुकुम्वासी र छ हजार १सय४२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको लागत सङ्कलक एकाइका प्रमुख विमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाले तथ्याङ्क सङ्कलनका लागि १४ वडामा २४ तथ्याङ्क सङ्कलन खटाएको थियो ।

व्यास नगरपालिका–१ मा ९२ भूमिहीन दलित, ४९ भूमिहीन सुकुम्वासी, ४सय१० अव्यवस्थित बसोबासी, ५सय१० वडा नं २ मा सात भूमिहीन दलित, पाँच भूमिहीन सुकुम्वासी, १सय४० अव्यवस्थित बसोबासी, १४७ वडा नं ३ मा नौ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी, ३सय२२ अव्यवस्थित बसोबासी, वडा नं ४ मा ३३ भूमिहीन दलित, २३ भूमिहीन सुकुम्वासी र १सय६४ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको छ ।

वडा नं ५ मा ५६ भूमिहीन दलित, ३९ भूमिहीन सुकुम्वासी, ६सय५० अव्यवस्थित बसोबासी, वडा नं ६ मा १सय५० भूमिहीन दलित, ९५ भूमिहीन सुकुम्वासी र ५सय२२ अव्यवस्थित बसोबासी, वडा नं ७ मा ३३ भूमिहीन दलित, १८ भूमिहीन सुकुम्वासी र ३सय२८ अव्यवस्थित बसोबासी, वडा नं ८ मा पाँच भूमिहीन दलित, तीन भूमिहीन सुकुम्वासी र २सय६ अव्यवस्थित बसोबासी, वडा नं ९ मा १३ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र १सय३१ अव्यवस्थित बसोबासी, वडा नं १० मा ८० भूमिहीन दलित, ४८ भूमिहीन सुकुम्वासी र ९सय२४ अव्यवस्थित बसोबासी, वडा नं ११ मा ७७ भूमिहीन दलित, ६० भूमिहीन सुकुम्वासी र ८सय९१ अव्यवस्थित बसोबासी, वडा नं १२ मा १सय२९ भूमिहीन दलित, १सय५ भूमिहीन सुकुम्वासी र ७सय२५ अव्यवस्थित बसोबासी, वडा नं १३ मा ३६ भूमिहीन दलित, २८ भूमिहीन सुकुम्वासी र ४सय३१ अव्यवस्थित बसोबासी, वडा नं १३ मा १० भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र दुई सय ९८ अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिएको छ ।

नगरपालिकाले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझ पछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका नौ स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि सम्झौता गरेको छ । सोहीबमोजिम सबै स्थानीय तहले लगत सङ्कलनको काम गरिरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको