चितवन । सामाजिक गैह्र सरकारी संस्था सेेेवा अहिले नेपाल, काठमाडौंले आज आफ्नो १३औं नि:शुल्क सिलाइकटाइ तालिम सुरु गरेको छ । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नम्बर ७, गर्दासमा सञ्चालन हुने ६ महिने तालिमको सोही वडाका वडाध्यक्ष बमबहादुर थापामगरले उद्घाटन गर्नुभयो ।
संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले विगतमा १२ वटा समूहलाई सफलताका साथ तालिम दिइसकेको र तालिमका धेरैजसो दीक्षितहरू कुनै न कुनै रूपमा आर्थिक उपार्जनमा लागेको बताउनुभयो ।
वडाध्यक्ष मगरले संस्थाले यो ठाउँमा निरन्तर सहायता गर्दै आएकोमा संस्थाप्रति आभार प्रकट गर्नुभयो । आज उद्घाटन भएको तालिममा जम्मा २५ जना सहभागीहरू रहेका छन् । सो अबसरमा सस्थाका कार्यक्रम निर्देशक जगदीशचन्द्र पोख्रेल, सदस्य शोभा ढकाल, चितवन जिल्ला को-अडिनेटर ईश्वरकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।