चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको अध्यक्षमा पार्वती रावल (दिल कुमारी) र सचिवमा प्रकाश खनाल (शैलेस) चयन भएका छन । नेकपा चितवनको आज भरतपुरमा बसेको बैठकले यस अगाडीका अध्यक्ष र सचिबलाई जिम्मेवारी मुक्त गरि रावल र खनाललाई सो जिम्मेवारी दिईएको हो । नेकपा प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्रेल तथा प्रदेश सह- इन्चार्ज काशीनाथ अधिकारी सहितको उपस्थितिमा भएको सो बैठकले जिम्मेवारी प्रदान गरेको नेकपा प्रदेश कमिटी सह- इन्चार्ज काशीनाथ अधिकारीले कालिका दैनिकलाई जानकारी दिनुभयो । साथै नेकपाका केन्द्रिय सदस्य हरि सापकोटालाई पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी दिन प्रदेस कमिटीको बैठकले सिफारिस गरेको पनि अधिकारीले जानकारी दिनु भयो ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer