प्रेस संगठन नेपाल बागमती प्रदेशका १० जिल्लाको जिम्मेवारी हेरफेर: चितवनको संयोजकमा पण्डित र सह-संयोजकमा आचार्य चयन (नामावली सहित)
चितवन । प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको आज बसेको बैठकले प्रदेश भित्रका १० जिल्लाका संयोजक र सह- संयोजकको जिम्मेवारी हेरफेर गरेको छ । सो बैठकको निर्णयले चितवनको जिल्ला संयोजकमा सुबास पण्डित र सह-संयोजकमा कृष्ण आचार्यलाई चयन गरेको छ । त्यसैगरि काभ्रेपलान्चोकको संयोजकमा भुवन रायमाझी र सह-संयोजकमा राम शुन्दर आचार्यलाई जिम्मेवारी दिईएको छ । सिन्धुपाल्चोकको संयोजकमा बिदुर आचार्य र सह- संयोजकमा नानीराम नेपाल लाई जिम्मेवारी प्रदान गरेको छ ।  दोलखाको संयोजकमा प्रभु जिरेल, सह- संयोजकमा ताराबहादुर महत चयन भएका छन भने रामेछापको संयोजकमा बिफा तामाङ घिसिङ र सह- संयोजकमा मेखबहादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ । सिन्धुलीको संयोजकमा बुद्ध अछामी, सह-संयोजकमा बिनय दाहाल(वाईबी) त्यस्तै मकवानपुरको संयोजकमा धर्मेन्द्र दाहाल र सह- संयोजकमा पुष्पराज अधिकारी तथा रसुवाको संयोजकमा बलराम घिमिरे र सह संयोजकमा प्रेम पौडेललाई जिम्मेवारी दिईएको छ । सो बैठकले धादिङको संयोजकमा सरोज पौडेल र सह-संयोजकमा राजन सिल्वाल तथा नुवाकोटको संयोजकमा नवदिप अजनवी र सह-संयोजकमा रुपा अर्याललाई जिम्मेवारी दिईएको छ । प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको बैैठकले गरेको निर्णयहरु अनुमोदनका लागि केन्द्रीय कमिटीमा पठाउने समेत निर्णय भएको छ ।      काठमाडौंमा सम्पन्न प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको बैठकले १ हप्ता भित्र प्रदेश भित्रका जिल्ला कमिटीको सदस्यहरुको पनि पुर्णता दिई नामावली पठाउन निर्देशन दिएको छ । सो बैठकले आगामी फाल्गुनको दोस्रो हप्ता भित्र प्रेस संगठन नेपालको बागमती प्रदेश स्तरिय भेला गर्ने समेत निर्णय गरेको छ । साथै बैठकले सरकारले निशुल्क उपलब्ध गराउने कोरोनाको खोप सम्पुर्ण जिल्लामा सबै पत्रकारहरुलाई तुरुन्त लगाउनका लागि आबश्यक ब्यबस्था मिलाउन अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको