चितवन केरा उत्पादक संघको अध्यक्षमा माधव घिमिरे र वरिष्ठ उपाध्यक्षमा फडिन्द्र लामिछानेसहित नयाँ कार्यसमिति चयन 
शिशिर सिंखडा, चितवन । चितवन केरा उत्पादक संघको अध्यक्षमा माधव प्रसाद घिमिरे चयन भएका छन । संघको वरिष्ठ उपाध्यक्षमा फडिन्द्र लामिछाने, उपाध्यक्ष शंकर प्रसाद सुवेदी, महासचिव जनकराज पन्त, सचिब विवेक दहाल र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन ।
सो संघको छैैठाै वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नै सदस्यहरुमा बिष्णु भट्टराई, चिरञ्जीवी सापकोटा, ऋषिराम गुरुङ, सरस्वती भन्तना, महेन्द्रसेन ठकुरी, टीकाराम खतिवडा चयन भएका हुन ।
संघको मनोनीत सदस्यमा रामचन्द्र दुवाडी बिनु शाही चयन भएका हुन । सोही साधारणसभाले लेखा समिति संयोजकमा पुण्यप्रसाद देवकोटा र सदस्यमा दिपबहादुर भण्डारी तथा कपिल ढकाल चयन भएका हुन । गत माघ १७ गते भएको सो साधारणसभा तथा अधिवेशनले सर्बसम्मत रूपमा आज कार्यसमिति चयन गरि पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको निर्बाचन समितिका संयोजक नोदनाथ लामिछानेले कालिका दैनिकलाई जानकारी दिए ।
सो कार्यक्रममा संघका निबर्तमान अध्यक्ष घननाथ महतो, संघका पुर्व अध्यक्ष बिष्णुहरि पन्त, नबनिर्बाचित अध्यक्ष माधवप्रसाद घिमिरेले मन्तव्य व्यक्त गरेका थिए । सो अबसरमा नवनिर्बाचित अध्यक्ष घिमिरेले सर्बसम्मत चयन भएको संघमा यो समितिले किसानको हितमा लाग्न र किसानको समस्या समाधान गर्न कुनै कमि हुन नदिने बताउदै किसानका समस्याहरु समितिमा ल्याउन र संघलाई सबै किसानले साथ र सहयोग गर्न समेत अनुरोध गरेका थिए ।
व्यवसायिक केरा खेतीको लागि अब्बल जिल्लाको रूपमा परिचित चितवनमा हाल ७ सय १२ जना व्यवसायिक किसानहरुले केरा खेती गर्दै आएका छन । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको