समाजका लागि उदाहरणिय व्यक्ति बन्दै कृषक पाण्डे

पुजा ढकाल,  चितवन। कृषिलाई आफ्नो जीवन र माटोलाई प्राण भन्दा पनि बढी माया गर्ने समाजका एक उदाहरणिय बन्न सफल भएको छन कृषक ओम कान्त पाण्डे । उनले भरतपुर -४ राधाकृष्ण चोकमा रहेको ६ बिगा जमिनमा तरकारी खेती गरेर २० जनालाई बिगत २२ बर्ष देखि रोजगारी पनि दिंदै आएका छन ।

सो जमिनमा बर्सेनि मौसमी, बेमौसमी तरकारीहरु गोलभेण्डा, केराउ, बोडी, साग, काउली, बन्दा, मुला, लौका, भेन्टा, खुर्सानी, सिमी, घिराउला, केराउ लगायतका तरकारी उब्जाउदै आएका र उत्पादन भएको तरकारी भरतपुर स्थीत तरकारी मण्डीमा बिक्री गर्दौ आएका छन।

फार्ममा आबश्यक तरकारीका बिरुवा आफैले फार्ममा नै उत्पादन गर्ने र आफुले जीवनमा कृषि पेशा रोज्नुको कारण र प्रेरणा भने आफू एक किसानको सन्तान भएकाले र आफ्नै घर परिवार अनि आफैबाट प्ररणा मिलेको बताउँछ उनि।

बिगत २०/२२ बर्ष देखी यही कृषी क्षेत्रमा रहेर काम गर्दा धेरै तिता मिठा अनुभव बोटुल्न उनि सफल भए । त्यस्तै यस क्षेत्रको आन्दानीको कुरा गर्दा भने कुनै निश्चित नरहेको र गत बर्षको तुलनामा भने यो बर्ष कोरोना महामरी र राम्रो बजार भाउ पाउन नसक्दा व्यवसायबाट सोछे जस्तो आम्दानी नभएको उनी बताउछन् ।

यो कृषी क्षेत्र आफुले राम्रो भविष्य देखेको भन्दौ वैदेशीक रोजगारमा बिदेश गएका युवालाई आफ्नै देशमा बसेर कृषीमा निर्भर हुन र सरकारलाई कृषिमा आधुनिकीकरण भित्रयाउन उनले अनुरोध गरेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको