चितवन । चितवन केरा उत्पादक संघको छैठौँ वार्षिक साधारण सभाको अबसरमा पत्रकारिताको माध्यमबाट संघ र केरा ब्यबसायमा पुर्याएको योगदानको मुल्यांकन गर्दै पत्रकार शिशिर सिंखडा र राजेश घिमिरेलाई सम्मान गरिएको छ । पत्रकार सिंखडा रेडियो नेपालका चितवन सम्बाददाता तथा कालिका दैनिकका सम्पादक हुनुहुन्छ । नेपाल प्रेस संगठनका केन्द्रीय सदस्यसमेत रहनु भएका उहाँ चितवनमा बिगत २३ बर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल रहनु भएको छ ।
त्यस्तै पत्रकार घिमिरे सेतोपाटी अनलाइनका चितवन सम्बाददाता हुनुहुन्छ । उहाँ पनि चितवनमा बिगत १५ बर्ष भन्दा बढी समयदेखि पत्रकारितामा कृयाशिल रहनु भएको छ । उहाँ हरुलाई सो संघका अध्यक्ष घननाथ महतो तथा सो साधारण सभाका प्रमुख अतिथि शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिप पाण्डेले टीका,खादा र सम्मान पत्रले सम्मानित गर्नु भएको थियो । सोही अबसरमा केरा खेती गर्ने उत्कृष्ट किसानहरुलाई पनि सम्मान गरिएको थियो ।
शनिबार रत्ननगरमा सम्पन्न साधारण सभा संघका अध्यक्ष घननाथ महतोको अध्यक्षतामा भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिप पाण्डे रहनुभएको थियो । संघका अध्यक्ष महतोले कार्यक्रममा स्वागत मन्तव्य राख्दै केरा ब्यबसायमा भएको प्रगति, समस्या र चुनौतीको बारेमा प्रकाश पार्नु भएको थियो । सो अबसरमा संघका पुर्ब अध्यक्ष बिश्नुहरी पन्त, केरा जोन कार्यक्रमका कृषि प्राबिधिक इन्द्र ढुंगाना, संघका प्राबिधिक सल्लाहकार नोदनाथ लामिछाने, कैलाली जिल्ला केरा संघका उपाध्यक्ष टेकेन्द्र धामी, कृषक पुन्य प्रसाद कडुवाल, संघका महासचिव बेदप्रसाद भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।
संघको तेस्रो अधिवेशनबाट अध्यक्ष सहित १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखासमिति चयन गरिने निर्वाचन समितिका सम्योजक नोदनाथ लामिछानेले कालिका दैनिकलाई जानकारी दिनु भयो ।व्यवसायिक केरा खेतीको लागि अब्बल जिल्लाको रूपमा परिचित चितवनमा हाल ७ सय १२ जना व्यवसायिक किसानहरुले केरा खेती गर्दै आउनुभएको छ । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer