चितवन । नारायणगढ लेडि जेसीज वर्ष २०२१ ले आमाको छात्राबासमा खाना खुवाएर सहयोग गरेको छ ।
छात्राबासमा संरक्षीत नानीहरुको लागि एकदिन बराबरको खाना सहयोग गरिएको नारायणगढ लेडि जेसीज वर्ष २०२१ की अध्यक्ष सम्झना प्रधानले बताउनु भयो । अध्यक्ष प्रधानले अघिल्ला वर्षहरुमा पनि सहयोग गर्दै आएको र आउँदा दिनमा पनि सहयोग गर्ने बताउनु भयो । यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै अध्यक्ष प्रधानले भविष्यका कर्णधार नानीहरुँको भविष्य उज्यालो बनाउने काममा सानो सहयोग मार्फत हातेमालो गरेर उज्यालो ल्याउने प्रयास मात्रै गरेको भन्दै छात्राबासमा आश्रीत नानीहरुको उज्वल भविष्यको कामना गर्नुभयो ।
सहयोग कार्यक्रममा छात्राबासकी अध्यक्ष कृष्णकुमारी श्रेष्ठ गिरीले आमाको छात्राबासलाई सम्झेर आउनु भएकोम धन्यावाद ज्ञापन गर्नुभयो । पुण्य काममा सबैको साथ र सहयोगले छात्रावास सञ्चालन भएको उहाँको भनाई थियो । कार्यक्रममा आमाको छात्राबासकी सचिव एवं व्यवस्थापक सावित्री ढकालले सहयोगी हातहरुलाई धन्वाद दिनुभयो । छात्राबासमा २५ जना नानीहरु संरक्षीत रहेको सो अवसरमा जानकारी दिनुभयो । नेपालको विभिन्न जिल्लाका अति गरिब परिवारका नानीहरु आश्रीत रहेको भन्दै उनीहरुलाई अध्ययन पश्चात घर परीवारसंग नै पुर्नमिलन गराउने योजनाका साथ अहिले संरक्षण दिएर पढाउने काम छात्राबासले गरेको बताउनु भयो ।
कार्यक्रममा वर्ष २०२१ की हेल्र्थ कोडीनेटर जेसी अस्मीता रिजालले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा जेसीजका वोर्ड सदस्य एवं साधारण सदस्यहरुको सहभागिता रहेको थियो
कार्यक्रममा नारायणगढ लेडि जेसीसकी महासचिव लक्ष्मी केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer