“सुकुम्बासी र अब्यबस्थित बस्तीको छिटो भन्दा छिटो समस्या समाधान हुन्छ”- भुमि आयोग अध्यक्ष देवी ज्ञवाली 
शिशिर सिंखडा, चितवन । भुमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले  सुकुम्बासी र अब्यबस्थित बसोबास गरेका हरुको समस्या जति सक्दो छिटो समाधान गर्ने गरि काम भइरहेको बताउनु भएको छ ।
नेपाल सरकारद्वारा गठित सो आयोगका अध्यक्ष ज्ञवालीले सुकुम्बासी, भुमिहिन, ऐलानी वा सरकारी जग्गामा बसोबास गरेका सबैको समस्या समाधान हुनेगरी काम थालनी भएको बताउदै उहाँले सबै नेपालीलाई भुमिको मालिक बनाईने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) र राष्ट्रिय युवा संघ नेपाल, कालिका वडा नं. ८ र ९ ले गैरीबारी चोकमा आयोजना गरेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष ज्ञवालीले यसै कालिका नगरपालिकामा आगामी असार मसान्त भित्र सम्पुर्ण काम सम्पन्न गर्नेगरि कामलाई  तिब्रता दिएको बताउनु भयो ।
हाल सम्म देशको ७ सय ५३ पालिका मध्ये ४ सय ५० भन्दा बढी पालिका संग सम्झौता भइ भुमी समस्या समाधानको काम तिब्रताका साथ भैरहेको समेत उहाँले बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य समेत रहनु भएका आयोगका अध्यक्ष ज्ञवालीले निर्वाचन आयोगले पार्टी फुट्न नसक्ने बताएपछी बाहिरीएर गएका केहि नेता तथा कार्यकर्ताहरु पुनः पार्टीमा नै आउने उहाँले बताउनुभयो ।
नेकपा कालिका वडा नंं. ९ का अध्यक्ष भोजबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं.८ का जननिर्वाचित वडा सदस्य अन्जन गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपाका जिल्ला नेता कमलराज पाठक, कालिका नगरपालिकाका नेता केशव लामा, लेख बहादुर थापा, हिम्मत पुरी लगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अबसरमा नेकपाका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल, पुरुषोत्तम न्योपाने, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, खैरहनी नगरपालिकाकि उपमेयर सुनिता थपलिया लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको