
चितवन । भरतपुर महानगरपालिका वडा नं १ मा रहेको दियालो राेड टोल विकास समितिको अध्यक्षमा सुभद्रा श्रेष्ठ चयन हुुनु भएको छ । समितिको आज सम्पन्न वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सर्वसम्मतबाट श्रेष्ठ सहितको १२ सदस्यीय कार्यसमितिलाई चयन गरेको हो ।
समितिका निर्वतवान अध्यक्ष रवि प्रधानको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल प्रमुख अतिथि रहनुभएको थियो। अधिवेशनमा भरतपुर वडा नं १ का अध्यक्ष जयराम श्रेष्ठ, समाजसेवी उमा शंकर अग्रवाल तथा दियालो टोल विकास समितिका संस्थापक अध्यक्ष गोपाल कुँवर, राम प्रसाद श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । अधिवेशनको बन्द सत्रमा समितिको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रमको सञ्चालन समितिकी निवर्तमान सचिव गीता श्रेष्ठले गर्नुभएको थियो ।