काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट बाहिरिएर सडकमा सोफा राखेर तमासा गरिरहेका पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व लडाकूहरूले छाडेका छन । नेकपाका केन्द्रीय सदस्य लिला थापा, केन्द्रीय सदस्य समेत रहेका पूर्व लडाकु कमाण्डर अर्जुन थापा र दुई लडाकू संगठनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित हुने निर्णय गरेका छन ।
पूर्व लडाकु संगठनका अध्यक्ष अर्जुन थापा र वहिर्गमित वाल सैनिक संगठनका अध्यक्ष लेनिन विष्टले दुबै संगठन ओली नेतृत्वको नेकपामा समाहित गरेको घोषणा गरेका छन । शनिबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीसँग छलफलका लागि पुगेका उनीहरूले संगठन नै ओली नेतृत्वको नेकपमा समाहित गर्ने घोषणा गरेका हुन । घाइते अपांग पूर्व लडाकूको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने गरि मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।
पूर्व लडाकुलाई राज्यको तर्फबाट परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका विभिन्न संरचनामा समायोजना गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको छ । प्रचण्डले आफ्नो लागि ज्यान दिन हिडेका लडाकुलाई अलपत्र पारेर छोरी ज्वाइँको लागिमात्र बार्गेनिङ गरेको आरोप लडाकूहरूले लगाउँदै आएका छन । लडाकूहरूको दुइ संगठन नै नेकपामा समाहित भएपछि प्रचण्ड निवास खुमलटारमा सन्नाटा छाएको छ । तीनै लडाकूको टाउको गनेर शिविरमा घोटला गरेका पात्रहरू अहिले प्रचण्ड निवासमा बसेर रूवाबासी गर्दैछन ।