भण्डारामा बस र ट्रक जुध्यो: बसका चालकको मृत्यु , १५ जना घाइते

चितवन । पुर्वी चितवनको राप्ती ५ भण्डारामा गएराति बस र ट्रक ठोक्किँदा बस चालकको मृत्युु भएको छ । ट्रक चालक गम्भीर घाइते भएका छन । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख २१११ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक गएराति करिब साढे १० बजेको समयमा एक आपसमा ठोक्किएको हो । दुर्घटनाबाट ट्रक चालक सहित १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर ल्याईएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको