प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला माघ ८ गते काठमाडौँमा हुँदै

काठमाडौँ ।  प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सह संयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्य पत्रकारलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको जनाएको छ ।


नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टीका शीर्ष नेताको विशेष आतिथ्यतामा हुने भेलामा सङ्गठनका अगुवा पत्रकार, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, पूर्व पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, सङ्गठनबाट नेपाल पत्रकार महासङ्घमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व पदाधिकारी, जिल्ला-प्रतिष्ठान र एसोसिएट शाखाका संयोजक-सहसंयोजक सहभागी हुने प्रेस विज्ञप्तिमा जनाइएको छ । बैठकले सङ्गठनको एकता प्रति प्रतिबद्ध रही फुट र गुटबन्दीमा नलाग्न देशभरका सम्पूर्ण सदस्यलाई अपिल गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको