काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा थप सुनुवाइ पुस २९ गते वुधबार हुने भएको छ ।
आजको सर्वोच्च अदालत संवैधानिक इजलासले यस्तो निर्णय गरेको हो ।
सुनुवाईका क्रममा वकिलहरुले यी मुद्धाहरुमा वृहत् पूर्ण इजलासले निर्णय राम्ररी गर्न सक्ने भन्दै त्यसको माग गरेका छन् ।
वृहत् पूर्ण इजलासको माग गर्दै सर्वोच्चमा निवदेन पनि परेको छ ।
वुधबारको सुनुवाईमा अर्को वुधबार संवैधानिक इजलासले नै पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे निर्णय गर्ने बताइएको छ ।