चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता शंकर पोख्रेलले महाधिवेशनले चुनेको पार्टी अध्यक्ष केपी ओलीलाई कमिटीले हटाउन नसक्ने बताउनु भएको छ । महाधिवेशन बाट चुनिएका अध्यक्षलाई लहड्का भरमा प्रचण्ड र माधव नेपालले हटाउने हैसियत नभएको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री समेत रहनु भएका पोख्रेलले पार्टीको विधि र पद्वत्ती बिपरित प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लहडमा प्रचण्ड- माधवले पार्टी टुक्र्याएर गएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले संसदिय प्रणालीको रक्षाका लागि प्रतिनिधि सभा विघटन गर्नु भएको भन्दै नेता पोख्रेलले सो विघटन पछी केही नेताको भने निद हराम भैसकेको बताउनु भयो । माधव- प्रचण्डलाई इंगित गर्दै पोख्रेलले आफ्ना गल्ती नसच्चाए उनिहरु सधैं सडकमै रहने बताउनु भयो । जनआधार नभए पछी उनिहरु चुनावनै नहुने भन्दै हिड्ने गरेको पोख्रेलको भनाइ थियो । प्रचण्डले चुनाव हार्ने भएपछी निर्वाचन नै बहिष्कार गर्न सक्ने समेत उहाँले बताउनु भयो । निर्वाचनमा गैहाले भने पनि प्रचण्ड अबको निर्वाचनमा चितवनबाट पराजित हुने भन्दै नेकपा नेता पोख्रेलले सर्बनाक हार हुने भएपछी अब प्रचण्ड चितवनबाट चुनावमा लड्ने संभावना नभएको समेत बताउनु भयो । कहिले रोल्पा त कहिले सिराहा पुगेका प्रचण्ड अब चितवन छाडेर नयाँ क्षेत्रमा नँया आश्वासन बाड्न जाने बताउनु भयो ।
नेकपा केन्द्रीय सदस्य पार्वती रावलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद तथा नेकपाका नेता कृष्ण भुर्तेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा, नेकपाका केन्द्रीय सदस्यहरु काशीनाथ अधिकारी, आनन्द पोख्रेल, सीता पौडेल, नेकपा चितवन क्षेत्र नंं-२ का संयोजक नारायणप्रसाद अधिकारी लगायतले आ-आफ्नो भनाइ राख्नु भएको थियो । सो कार्यक्रम नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्योपानेले संचालन गर्नु भएको थियो । सो अबसरमा गायक तथा युवा नेता अश्विन घिमिरेले आयो नेकपा, नेकपा जिन्दावाद- जिन्दावाद,कालापानी – लिपुलेक हेर्न मन छ जस्ता देश प्रेेमपुर्ण गित प्रस्तुत गरेका थिए ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer