आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै भरतपुरको “सानोगढी”
पुजा ढकाल, चितवन । आन्तरिक पर्यटकहरु घुम्नका लागि भरतपुर-१६ ब्रहमपुरमा रहेको “सानोगढी” पार्क उत्कृष्ट रोजाईको गन्तव्य बन्दै गएको छ ।
ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समुहद्वारा  निर्माण गरिएको सो गढीमा आन्तरिक पर्यटकहरुको घुम्ने र पिकनिक खाने उत्कृष्ट गन्तव्य बनेको वन समुहका अध्यक्ष  राजन अधीकारीले बताउनु भयो । सो गढीमा पिकनिक खानको लागि दिनँहु चितवन तथा नवलपरासीबाट समेत आन्तरिक पर्यटकहरु आउने गरेका छन ।
शनिबार तथा बिदाको दिनमा स्कुल, कलेज, कार्यालय, समूह तथा संघ संस्थाबाट पिकनिक खान तथा घुम्न आउने आन्तरिक पर्यटक संख्या बढी हुने गर्दछ ।
पार्कको रुपमा बिकास भएको सानोगाढीमा चिल्ड्रेन पार्क, फुलबारीको बगैंचा, चिडियाखाना, वाटर पार्क, नारायणी नदिको मनमोहक दृश्यले एक पटक घुम्न आएका पर्यटक जो कोहि पनि पुनः घुम्न र वनभोजका लागि आउने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो। कोरोना महामरीका कारण घुम्न र वनभोज खान आउने संख्यामा कमि भएपनि केही हप्ताबाट भने पार्कमा आउनेको संख्यामा वृद्धि भएको उहाँले बताउनु भयो ।
सानोगाढीमा पिकनिक खान र घुम्न आउने आन्तरिक पर्यटकका अतिरिक्त नेपाली फिल्म, डकुमेन्ट्रीहरु सुटिङ गर्न राष्ट्रिय तथा स्थानिय कलाकारहरु र अन्य जिल्लाबाट विद्यार्थी तथा संघ संस्थाका प्रतिनिधिहरु अध्ययन, अवलोकनका लागि समेत आउने गरेका छन ।
वि.स २०५७ सालमा स्थापना भएको सो सामुदायिक वनको अहिले आम्दानीको मुख्य स्रोत मध्य सो पार्क पनि हुन पुगेको छ। उपभोक्तालाइ विक्री गरिने काठ दाउराका अतिरिक्त आन्तरिक पर्यटकबाट प्राप्त हुने आम्दानीले वन समुहको क्षेत्र भित्र गरिवी न्युनिकरण, सामाजिक बिकास लगायतका क्षेत्रमा गर्ने गरिएको समुहका कोषाध्यक्ष कपिल आले मगरले जानकारी दिनु भयो ।
पार्कलाई व्यवस्थित गर्न वन समुहले कार्य योजना अनुसार चिल्ड्रेन पार्कलाइ व्यवस्थिति गर्ने, फुट ट्रयाकको निर्माण कार्य समेत गरिरहेको छ । वन्यजन्तु र मानव बिचको द्वन्द्व न्युनिकरणका लागि मेसजाली, कम्पाउण्ड वालको काम समेत भइरहेको कोषाध्यक्ष मगरले बताउनु भयो ।
समुहले उपभोक्ताको सुबिधालाई मध्यनजर गरि हप्ताको एक दिन घाँस दाउराको निम्ति वन प्रवेशको व्यवस्था मिलाईएको समेत उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको