प्रचण्डले फेरि दिए माधव नेपाल अध्यक्ष होइनन भन्ने प्रमाण

काठमाडौं, पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल आफ्नो समुहको अध्यक्ष नरहेको अर्काे प्रमाण पनि दिनुभएको छ । प्रचण्डले आफ्नो समुहमा नेपाल अध्यक्ष नरहेको खुलासा चिनियाँ टोलीसँग गर्नुभएको थियो ।

मंगलवार आयोजित बिरोधसभामा उहाँले सम्बोधनको क्रममा नारायणकाजी श्रेष्ठ भन्दा तल राखेर नेपाललाई अध्यक्ष मात्रै भनिएको तर अध्यक्ष नरहेको प्रमाण कार्यकर्तालाई दिएका हुन । प्रचण्डले काठमाडौंमा आयोजित सभामा स्पष्ट रुपमा माधवलाई तेस्रो वरियतामा खुम्च्याइदिनुभयो ।आमसभामा मन्तव्य राख्दा प्रचण्डले सुरुमा मुख्यमुख्य व्यक्तिलाई सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीका प्रवक्ता केन्द्रीय संघर्ष समितिका संयोजक कमरेड…’ । त्यसपछि मात्र उहाँले माधवको नाम लिनुभयो ।

माधव नेपाल पक्षले प्रचण्ड र माधव दुवैजना समान अध्यक्ष भनिरहेको छ । तर, प्रचण्ड पक्षले भने यो कुरा उच्चारण गर्न मानिरहनु भएको छैन । उहाँकै कारण चिनिया टोलीले बाबुराम भट्टराईको घरमा पुगेर भेटदा नेपाललाई भने होटलमा बोलाएर भेट गर्यो । मंगलवारको सभामा माधवको भन्दा नारायणकाजीको नाम अगाडि लिएर प्रचण्डले पार्टीको दोस्रा व्यक्ति माधव होइन भन्ने स्पष्ट संकेत गर्नुभयो ।

आमसभामा गरिएको आधिकारिक उद्घोषणमा पनि प्रचण्डको नाम सबैभन्दा पहिले लिइएको थियो । त्यसपछि नारायणकाजीको नाम लिइएको थियो । अनि मात्र माधवको । पार्टीको सार्वजनिक सम्बोधनमा प्रचण्डले माधवलाई तेस्रो वरियतामा खुम्च्याइदिएपछि माधव खेमा भने निकै शशंकित भएको छ । संस्थापन केपी ओली पक्षमा रहँदा आफ्नो वरियताका लागि अत्यन्तै सचेत रहँदै आउनुभएका माधवले सभामा प्रचण्डले तेस्रो वरियतामा खुम्च्याउँदा कुनै टिप्पणी गर्नुभएन । अनुहार कालो मात्रै पार्नुभयो ।

प्रचण्डले माधव भन्दा नारायणकाजीलाई माथिल्लो तहमा राख्न खोज्दा पूर्व माओवादी पक्षमा पनि असन्तुष्टि सुरु भएको छ । जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताहरु आफूलाई नारायणकाजीभन्दा माथि ठान्छन् । संघर्षको कुनै पृष्ठभूमि नभए पनि, कुनै राजनीतिक योगदान नभए पनि प्रचण्डले नारायणकाजीलाई पूर्व माओवादी नेताहरुभन्दा माथि राखेर च्याप्दै आउनुभएको थियो ।

पूर्व एमालेका माधव नेपाल र झलनाथ खनालहरुलाई नयाँ पार्टीमा राखेपछि नारायणकाजीको वरियता खुम्चिने आशा पूर्व माओवादी नेताहरुले गरेका थिए । त्यस विपरित नारायणकाजीलाई प्रचण्डले झन् च्याप्नुलाई पूर्व माओवादीहरुले समेत अनौठो मानेका छन् । आन्दोलनमा योगदान नै नभएको नारायणकाजी भन्दा माधव र झलनाथ तल राखेपछि प्रचण्ड समुहमा हिजोबाटै चरम असन्तुष्टि सुरु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको