सेवा अहिले नेपाल संस्थाद्वारा चितवनको इच्छाकामनामा बिपन्नलाई ब्ल्याङ्केट र ४ वटा बिधालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग 
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-७, कापे, उपरदाङगढी, दारसिङ, थाकलडाँडा, भोर्ले लगायत गाउँका बिपन्न हरुलाई सेवा अहिले नेपाल संस्थाद्वारा आज एक कार्यक्रमको आयोजना गरि जाडोबाट बच्न ब्ल्याङ्केट बितरण गरिएको छ ।
राष्ट्रिय आधारभुत बिधालय कापेमा आयोजित कार्यक्रममा सो गाउँका १ सय बिपन्न परिवारलाई ब्ल्याङ्केट बितरण गरिएको थियो । सोही कार्यक्रममा ३ वटा बिधालयका सबै विद्यार्थी अर्थात १ सय ३ जनालाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको थियो । उनीहरुलाई ज्याकेट, ट्राउजर र टोपी उपलब्ध गराइएको हो ।
सो कार्यक्रममा  राष्ट्रिय आधारभुत बिधालय कापेका २४ जना, राष्ट्रिय आधारभुत बिधालय गढीका ४१ जना र राष्ट्रिय आधारभुत बिधालय भोर्लेका ३८ जना विद्यार्थीलाई सो कपडा प्रदान गरिएको थियो । सेवा अहिले नेपाल, काठमाडौंका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको  सो कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं-७ का वडा सदस्य गनिराम चेपाङ, राष्ट्रिय आधारभुत बिधालय कापेका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तुलबहादुर मगर, सोही बिधालयका प्रधानाध्यापक सानुबाबु तितुङ, राष्ट्रिय आधारभुत बिधालय गढीका प्रधानाध्यापक ऋषिराम ढकाल, राष्ट्रिय आधारभुत बिधालय भोर्लेका प्रधानाध्यापक सुकबहादुर गुरुङ, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, सस्थाका कार्यक्रम निर्देशक जगदिशचन्द्र पोख्रेल, सस्थाका सदस्यहरु शोभा ढकाल, रेबिका ढकाल, सस्थाका चितवन को-अडिनेटर इश्वर कुमार श्रेष्ठ लगाएतले मन्तव्य राख्नु भएको थियो ।
त्यसैगरी,
दाहाखानीमा रहेको आदर्श बिधालयका विद्यार्थी हरुलाई पनि आज नै जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ । सेवा अहिले नेपाल, काठमाडौंकै सहयोगमा बिधालयको शिशु कक्षा देखि ८ कक्षा सम्मका १ सय ५६ जना  विद्यार्थी हरुलाई ज्याकेट, ट्राउजर, टोपि सहयोग गरिएको हो ।
सस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडा सदस्य गनिराज चेपाङ, बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष बिनोद तामाङ, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, बिधालयका प्राचार्य  भक्तबहादुर गुरुङ, सस्थाका कार्यक्रम निर्देशक जगदिशचन्द्र पोख्रेल, सस्थाका सदस्यहरु शोभा ढकाल, रेबिका ढकाल, सस्थाका चितवन को-अडिनेटर इश्वर कुमार श्रेष्ठ लगाएतले मन्तव्य राख्नु भएको थियो ।
सो संस्थाले यस अगाडि पनि  विभिन्न विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी, न्यानो कपडा, खेलकुद सामग्री, विद्यार्थी बस्नको लागि म्याट सहयोग गरेको थियो । सोही संस्थाले स्थानीय विपन्न वस्तीमा खाद्यान्न, झुल, न्यानो कपडा तथा निशुल्क सिलाइ कटाइ तालिम समेत उपलब्ध गराएको संस्थाका चितवन को–अर्डिनेटर इश्वर कुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको