चितवन । अग्रज महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि.ले आफनो २२औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष लक्ष्मी भट्टको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडीले पछिल्लो समय सहकारी मिलानका कुरा आईरहेको हुँदा आफनो सहकारी संग उध्येश्य मिल्दो जुल्दो भएका सहकारी एक आपसमा मिलेर जानुपर्ने बताउनुभयो । संंस्थाकी अध्यक्ष भट्टले बार्षिक प्रगती प्रतिबेदन, लेखा सयोजक पबित्रा लामीछानेले लेखा प्रतिवेदन र ब्यवस्थापक इन्दिरा कोइरालाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा नगर कार्यपालिका सदस्य निर्मला खडका, संस्थाकी सस्थापक अध्यक्ष कमला घिमीरे, शान्तीकुन्ज महिला उद्यमी सहकारीकी अध्यक्ष पार्वती न्यौपाने, चेतनशिल आमा समुहकी अध्यक्ष निर्मला दंगाल, शक्तिशाली आमा समुहकी अध्यक्ष बिरन्जना घिमीरे, पन्चकन्या सामुदायीक बनकी सचिब चन्द्रा पनेरु, पन्चकन्या आमा समुहकी अध्यक्ष इन्द्रकला न्यौपाने लगाएतले मन्तब्य राखेका थिए । २०५६ सालमा ५४ हजार रुपैया संकलन गरी शुरुवात गरीएको सस्थामा अहिले ३ करोड बरावरको कारोवार रहेको सस्थाकी अध्यक्ष लक्ष्मी भट्टले बताउनुभयो । सस्थाकी उपाध्यक्ष धनकुमारी दुवाडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सस्थाकी सचीव मिना बुढाथोकीले संचालन गर्नुभएको थियो ।संस्थामा हाल ६ सय ३०जना महिला सेयर सदस्य रहेका छन ।