अन्ततः प्रचण्डको कुटील चालमा फँसेनन् बादल, हरिबोल पनि ओली समूहको बैठकमा

काठमाडौं । अहम् मौकामा नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले दोस्रो पटक राजनीतिक असहमति राख्दै पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।

नेकपाका कुनै पनि भेलामा सहभागी नभएका उनलाई आफ्नो समूहमा आउनका लागि पटक–पटक प्रचण्डले गरेको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेका थिए। उनीसँगै प्रचण्डका खास मानिएका हरिबोल गजुरेल पनि बालुवाटार बैठकमा सहभागी भएका छन्।

प्रचण्ड नेपाल पक्षले भने बादल र गजुरेल आफ्नो समूहमा आउने दाबी गरेको थियो। ‘प्रचण्डले निक्कै कुटील चाल चली अनर्गल प्रचार गराउन लगाई बादल र गजुरेललाई प्रभावमा राख्ने कोशिश गरेका थिए, सफल भएनन्’, एक नेताले भने।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको