प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य अनुपस्थित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य अनुपस्थित हुने भएका छन्।

उक्त बैठकमा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका छन्। उपाध्यक्ष बामदेव गौतम र सदस्य रामबहादुर थापा बादलले कुनै भेला र बैठकमा नजाने घोषणा गरेका छन्।

नौ सदस्यीय सचिवालयमा अर्का अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल भने बालुवाटार भेलामा छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको