काँग्रेसले भन्योः अध्यादेश फिर्ता लेउ, संसद अधिवेशन बोलाउ

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।

सत्तारुढ दल नेकपा भित्र बढ्दो विवादले व्यवस्था माथि नै प्रश्न चिन्ह खडा हुने अवस्था आएकोले तत्काल संसद अधिवेशन बोलाउन काँग्रेसले सरकारसंग माग गरेको छ । साथै काँग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन समेत सरकारलाई भनेको छ ।

काँग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै संसद बैठक बोलाउन माग गरिएको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । उनले भने–‘सरकारले ल्याएको अध्यादेश संविधानको भावना र मर्म विपरीत छ । यो तत्काल सरकारले फिर्ता लेओस् ।’

कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको