पूर्वी चितवनका सफल व्यवसायी तथा समाजसेवी निराजन खनाल रत्ननगर उद्योग वाणिज्य संघको महासचिवमा पुनः विजयी

शिशिर सिंखडा, चितवन । पूर्वी चितवनका सफल व्यवसायी तथा समाजसेवी निराजन खनाल रत्ननगर उद्योग वाणिज्य संघको महासचिवमा पुनः विजयी भएका छन् । संघको गत मंसिर २८ र २९ गते सम्पन्न २१औं साधारण सभा तथा नवौं अधिवेशनबाट ६ सय ६३ मत प्राप्त गरी दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । निर्वाचनमा ६ सय ६३ मत प्राप्त गरेका खनालले पदाधिकारीमा सर्वाधिक मत समेत ल्याएका थिए ।   

संघको दुई कार्यकाल सदस्य समेत रही काम गरेका खनाल यस अगाडिको कार्यसमितिमा पनि महासचिव पदमा नै निर्वाचित भएका थिए । शिखर पोल्ट्री ग्रुपका संचालक पूर्वी चितवनकै सफल पोल्ट्री व्यवसायी समेत हुन् । विगत २० वर्ष भन्दा लामो समयदेखि व्यवसायमा संलग्न उनी नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् । रत्ननगर स्थित क्वेस्ट मोडल कलेज तथा प्यारागन सेकेन्डरी स्कुलका अध्यक्ष समेत रहेका खनाल विभिन्न सामाजिक संघ संस्थामा संलग्न रही समाजसेवा समेत गर्दै आएका छन् ।

आफू निर्वाचित भए सँगै संघका महासचिव खनालले आफू उद्योगी, व्यवसायी र संघ प्रति सधैं उत्तरदायी भएर काम गर्ने बताए । हालै संघ “क” वर्गमा स्तरोन्नती भएको बताउँदै उनले संघलाई संस्थागत र प्रविधिमैत्री बनाउने बताए । पूर्वी चितवनकै उद्योगी, व्यवसायीको महत्वपूर्ण संस्था रहेको यस संघमा पूर्वी चितवन क्षेत्रका उद्योगी, व्यवसायीहरु आवद्ध रहेका छन् । यहाँका उद्योगी, व्यवसायीहरुको हक, हित र सुरक्षाको लागि लागिपर्ने बताउँदै उनले यसै क्षेत्रमा चितवनकै गौरव, देशकै ठूलो औद्योगिक क्षेत्र निर्माण हुने चरणमा रहेकाले सो क्षेत्र र उद्योगी, व्यवसायीसँग समन्वयकारी भूमिका अगाडि बढाउन आफू र संघ सधैं लाग्ने बताए ।

उद्योगी, व्यवसायीलाई आइपर्ने जटिलता र समस्यालाई हल गर्दै राज्य र उद्योगी, व्यवसायीसँग सधैं समन्वयकारी भूमिका निर्वाह गर्न आफू सधैं लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कृषि र पोल्ट्रीको हबको रुपमा रहेको चितवनमा यसका अतिरिक्त पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास प्रति पनि सधैं आफू लाग्ने उनले बताए । आफूलाई अमूल्य मत दिई विजयी गराउनुहुने उद्योगी, व्यवसायी, अग्रज, शुभचिन्तक लगायत सबैलाई उनले धन्यवाद समेत ज्ञापन गरेका छन् ।   

साथै उनले पूर्वी चितवनका उद्योगी, व्यवसायीहरुलाई परेका कुनै पनि प्रकारको समस्या समाधानको लागि आफू सधैं साथ र सहयोगमा रहने बताउँदै आफू र संघलाई जानकारी गराउन समेत उनले उद्योगी, व्यवसायी सबैमा अनुरोध समेत गरेका छन् । 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको