नेकपा अध्यक्षद्वय ओली-प्रचण्ड भेटवार्ता सकियो, आजै स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।

उनीहरुबीच बालुवाटारमा भएको वान टु वान वार्तामा नेकपामा देखिएको चरम विवादबारे छलफल भएको बताइएको छ ।

उनीहरुबीचको छलफल सकिएलगत्तै नेकपा स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

अब बस्ने स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डलगायतका नेताहरुले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशबारे गम्भीर छलफल गर्ने बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको