मानव सेवा आश्रम गोरखामा आश्रित ४३ जना बालबालिकालाई न्यानो कपडा सहयोग

गोरखा । मानवसेवा आश्रम गोरखामा आश्रित ४३ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ ।अमेरिका बस्ने गैर आवासीय नेपाली संघ आईसिसि सचिव गौरीराज जोशी र बिगत लामो समय देखि हङकङमा बसी व्यवसाय गर्दै आउनुभएका गोरखा ग्लोवल समाजका कोषाध्यक्ष तथा कालिका दैनिकका निर्देशक आकाश बन्जाराले न्यानो कपडाको लागि आर्थिक सहयोग गर्नुभएको थियो । सामजिक हित, शिक्षा तथा आध्यात्मिक चिन्तन विकासमा सदा योगदान पुर्याउनु हुने आइसिसी सचिव जोशी तथा गोरखा ग्लोवल समाजका कोषाध्यक्ष बन्जाराले यस अघि पनि विभिन्न स्थानमा थुप्रै सहयोग प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, पत्रकार  रवि रोषीलगाएतको उपस्थिति रहेेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको