नेकपा कालिकाको आयोजनामा बिजय चोकमा श्रद्धाञ्जली सभा, मृतक परिवारजनलाई २९ हजार रुपैया हस्तान्तरण
२९ कार्तिक २०७७, शनिबार ११:३३
चितवन । कालिका नगरपालिका वडा नंं.७, बिजय चोकमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा कालिका नगर कमिटी सदस्य तथा कालिका वडा नंं. ७का पार्टी अध्यक्ष तुलबहादुर बिक (दिनेश) तथा पार्टी सदस्यहरु कुमार, दिलबहादुर र रबिन बिकको ममतामयी आमा ठुलीमाया बिकको असामयिक निधन भएको आज ७औं दिनको पुण्य तिथिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिका नगर कमिटीको आयोजनामा सो श्रद्धाञ्जली सभा भएको हो ।
सो सभाको प्रमुख अतिथि नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार रहनु भएको थियो । कार्यक्रममा संघीय सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सांसद घनश्याम दाहाल, नेकपा बागमती प्रदेश सदस्य रामध्वज डल्लाकोटी, जिल्ला सचिवालय सदस्य तथा कार्यालय सदस्य अञ्जन तिमिल्सिना, भरतपुर महानगर पार्टी सचिव ईश्वर सापकोटा, जिल्ला सचिवालय सदस्य तथा कालिका नगर इन्चार्ज जयचन्द्र प्रसाद चौधरी, नगर सचिव भिष्मप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा स्थानिय बार्ह्रघरे टोल बिकाश सस्था र बिजय टोल बिकाश सस्थाद्वारा संकलित २९ हजार रुपैया मृतकको परिवारजनलाई हस्तान्तरण समेत गरिएको थियो । सो कार्यक्रम पार्टी नगर अध्यक्ष सबिता लामाको अध्यक्षतामा भएको थियो ।