चितवन मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर १९ का ७७ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसर सम्बन्धी बिरामी भएका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । २० गते कोरोना परीक्षणको लागि स्वाब पठाएकोमा २२ गते कोरोना रिपोट पोजिटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ आएपछि कोभिड आइसियुमा राखेर उपचार गर्दै गर्दा राति ९ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको