चितवनमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा आज थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत लमजुङ स्थित मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरुषको आज विहान ४ः०७ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । ज्वरो र खोकीको समस्या भइ कार्तिक २० गते ती पुरुषलाई अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो ।
कार्तिक २० गते नै श्वास संकलन गरी कोरोना परीक्षण गर्दा कार्तिक २१ उहाँमा कोरोना रिपोर्ट पोजिटिभ आएको हो । कोभिड आइसीयूमा उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ । चितवनमा हिजो एकैदिन दुई जना संक्रमितको मृत्यु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको