चितवन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) चितवनको आयोजनामा आज रत्ननगरमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । राजपाको युवा संगठन रत्ननगरका सदस्य रत्ननगर- १३ निवासी दिलकुमार लामाको असामयिक निधन भएको १३औ दिनको पुण्य तिथिमा सो कार्यक्रम भएको थियो ।
जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनता पार्टीका पुर्व सहमहासचिव काजीमान लोप्चन प्रमुख अतिथि रहेको कार्यक्रम युवा संगठन रत्ननगरका अध्यक्ष सुर्य लामाको अध्यक्षतामा भएको थियो ।
सो श्रद्धाञ्जली कार्यक्रममा राजपा चितवनका अध्यक्ष एलिमा मिया, उपाध्यक्ष जयबहादुर रुम्बा, सचिब हिरालाल थिङ, तत्कालीन संंघिय समाजबादी पार्टी चितवनका अध्यक्ष प्रेम भुजेल, उपाध्यक्ष यदुकृष्ण भट्ट, सह सचिव नारायण बास्तोला, युवा संगठनका केन्द्रीय सदस्य लालन ठाकुर, पार्टी केन्द्रीय परिषद सदस्य मुस्तफा अलि, नव उदय टोल बिकाश सस्थाका अध्यक्ष मंगल लामा, सचिव कृष्णबहादुर सुनार लगायतको उपस्थिति रहेको थियो ।
ताजा समाचार
धेरैले पढेको
© 2026 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer







