कालिका-८ को शक्तिखोर जाने सडकमा बस्दै आएका चेपाङ दम्पतीलाई त्रिपाल र खाद्यान्न सहयोग

रवि रोषी, चितवन । कालिका-८को शक्तिखोर जाने सडकमा बिगत १५ बर्षदेखि  बस्दै आएका चेपाङ दम्पतीलाई आज त्रिपाल र खाद्यान्न वितरण गरिएको छ । रफ्तारन्युज नेपालले अनलाईन मार्फत समाचार र सामाजिक सन्जाल मार्फत आव्हान प्रारम्भ गरेपछि सिंगो समूहका प्रमुख अभियन्ता मुरली प्रसाद गजुरेलको मुख्य पहलकदमीमा खाद्यान्न सामाग्री वितरणको लागि सम्पुर्ण व्यवस्थापन गर्नुभएको थियो ।

खाद्यान्न सहयोग सामाग्रीका लागि सिंगो समूहका अभियन्ताहरु मुरली प्रसाद गजुरेल प्रेमराज रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनको भूमिका सहित खैरहनी नगरपालिका वडा नं. ८ पर्सा बजारका क्याप्टेन चित्र बहादुर रोकाको माईला सुपुत्र प्रकाश रोकाको जन्मदिनको अवसर पारी सो खाद्यान्न सामाग्री राहत स्वरुप प्रदान गर्नुभएको थियो । सो को साथै सोहि अभियान स्वरुप रफ्तारन्युज टिमले चलाएको अभियानमा सहयोग गर्नुहुने हरुमा नेपाल लाईफ इन्स्योरेन्स पोखराका विजनेश म्यानेजर भरत मल्ल तथा काठमाण्डौं कलंकी निवासी उधोगी तथा व्यवशायी अर्जुन आचार्यले पनि आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । 

हस्तान्तरण कार्यक्रम अघि सहयोगदाता स्वयंले नै घर भित्र चिसो छिर्न नदिने गरी सहयोगदाता तथा अभियन्ताहरुले नै वारबेर गरीदिनुभएको थियो । हस्तान्तरण कार्यक्रममा अभियन्ता केपि किरण शर्माको विशेष पहलकदमीमा उदांगो छानोलाई त्रिपाल प्रदान गरीसकिएको जानकारी दिनुभयो भने उहाँकै अभियान स्वरुप सिंगो समूहको तर्फबाट मुरली प्रसाद गजुरेलले यस अघि पनि खाद्यान्न सहयोग गरिसक्नुभएको र सोही विपन्न परिवारलाई दोश्रो पटक पनि २ बोरा चामल, तेल, नुन, साबुन दाल तथा अन्य खाद्य सामाग्री प्रदान गरिएको बताउनुभयो । सहयोगी अभियानमा सदा अव्वल मानवीय परोपकारी कर्म गर्दै आउनुभएका सामाजिक अभियन्ता प्रति तथा अन्य सहयोग दाताहरु प्रति पनि अध्यक्ष शर्माले हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको