सोमबार,
कार्तिक१०,
२०८३
|
Monday, October 26, 2026
ब्युटिफुल माईण्डमा दशैंकाे शुभकामना
५ कार्तिक २०७७, बुधबार ०७:३४
चितवन । ब्युटिफुल माईण्ड ईन्स्टिच्युट अफ साइकियाट्रीको दशैं शुभकामना आदानप्रदान कार्यक्रम विशेष मनोरन्जनात्मक कार्यक्रम सहित सम्पन्न भएको छ । खैरहनी नगरपालिका वडा नं. ११, कठाार स्थित ब्युटिफुल माईण्ड ईन्स्टिच्युट अफ साइकियाट्री अस्पतालमा मंगलबार सो कार्यक्रमको आयोजना गरिएको थियो ।
पर्वको अवसरमा पनि नियमित स्वास्थ्य परामर्श सहित लिनुपर्ने स्वास्थ्य सेवा तथा प्रत्यक्ष निगरानीमा दिइनुपर्ने सेवन औषधीको कारणले आफ्नो घर जान नपाएका विरामीहरुलाई मनोरन्जन सहितको सहभोज कार्यक्रम आयोजना गरिएको ब्युटिफुल माईन्डका वरिष्ठ मनोरोग चिकित्सक तथा अध्यक्ष डा. गिरीराज भन्तानाले बताउनुभयो । मनोरोगीहरुको मनोवैज्ञानिक उपचार विधीमा नृत्य तथा गेयात्मक विधा पनि अति सहायक तथा प्रभावकारी हुने भएकोले स्वस्थ मनोरञ्जनको लागि मनोरञ्जन विधा अन्य अवस्थामा पनि प्रस्तुत गरेर मनोरञ्जन दिइने गरेको डा. भन्तानाले बताउनुभयो । नेपाली कांग्रेस चितवनका पूर्व सभापति तथा नेपाली कांग्रेसका नेता कृष्णलाल सापकोटा, स्थानीय जनप्रतिनिधी तथा विभिन्न संस्थाका प्रतिनिधीको समुपस्थिती रहेको थियो ।
लागूपदार्थ दुव्र्यसनी तथा मानसिक रोगीहरुको लागि उपचार तथा समाजमा पुनस्र्थापना गरी अपहेलित विहिन सामान्य जीवनयापनमा फर्काउने उद्धेश्यले सो अस्पतालमा हाल विभिन्न प्रकृतिका समस्याग्रस्त विरामीहरुले उपचार पाईरहेको र यस अघि यस अस्पतालबाट सेवा पश्चातको समस्या निर्मूल भएर सामान्य पारिवारिक जीवनमा फर्किनेहरुको संख्यापनि उलेख्य रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी कृष्णलाल सापकोटाले यस्ता मनोरञ्जनात्मक कार्यक्रमले कूलतमा वा दुर्भाग्यवश मनोरोगी हुन पुगेका विरामीहरुको मानसिकतामा सकारात्मक प्रभाव पर्ने भएकोले यस्ता प्रकृति र उद्धेश्यका कार्यक्रमहरु अति नै उपलब्धिमूलक हुने बताउनुभयो ।
अस्पतालले आगामी दिनमा पनि मनोरोगी तथा लागू पदार्थ दुव्र्यसनीहरुको लागि उपचार तथा निदानमा अझ सफलता हासिल गरी पिडित परिवारको आँगनमा खुशी ल्याृउन सफल रहोस भन्दै नववर्ष २०७७ को बडादशैंको अवसरमा चिकित्सक, सेवक, कर्मचारी लगायत सबैमा शुभकामना व्यक्त गर्नुभयो । साथै सोही अवसरमा ब्युटिफुल माईन्डका अध्यक्ष डा. गिरीराज भन्तानाको सुपुत्र अभिनव भन्तानाको जन्मदिनको पनि सोही अवसरमा भव्यताको साथ मनाएर आश्रित सबैलाई केक तथा पौष्टिक भोजन वितरण गरीएको थियो ।