सोमबार,
कार्तिक१०,
२०८३
|
Monday, October 26, 2026
चितवनका बिपन्न चेपाङलाई दशै मनाउन खाध्यान्न सहयोग
३ कार्तिक २०७७, सोमबार १७:३१
चितवन । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका बिपन्न चेपाङलाई दशै मनाउन खाध्यान्न सहयोग भएको छ । किन्डर हेल्प नेपालको सहयोगमा कालिका नगरपालिका वडा नं.१०, सिद्धी, छेरबाङका १ सय २७ घर परिवारलाई खाध्यान्न सहयोग गरिएको थियो । त्यस्तै इच्छाकामना गाउँपालिका वडा नं.१, सप्रेनी, चौकीडाँडाका ३० घर परिवारलाई पनि आज नै सो सहयोग गरिएको हो ।
सो १ सय ४७ प्रत्येक घर परिवारलाई २ बोरा चामल सहित तेल, नुन, चना, केराउ, मसेउरा, साबुन सहयोग गरिएको थियो । गामबेंंशीको चेपाङ संरक्षण केन्द्रको समन्वयमा भएको सो सहयोग गैर आवासीय नेपाली संघका सस्थापक उपाध्यक्ष एवं ग्लोबल गोर्खा समाजका संरक्षक रामप्रताप थापाले गर्नु भएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका वडा नं.१० का वडा अध्यक्ष दिलबहादुर गुरुङ, समाजसेवी एवं सौराहाका सफल पर्यटन ब्यबसायी, गामबेंंशीको चेपाङ संरक्षण केन्द्रका सल्ललाहकार रामकुमार अर्याल, गामबेंंशीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माको उपस्थिति रहेको थियो ।
सो बिपन्न बस्तीमा रहने अधिकांस चेपाङको बार्षिक ३ महिना पनि खान पुग्ने अन्न उत्पादन हुदैन । सबैको पाखो र खोरिया वारि मात्र रहेकोे छ ।